April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:४४
‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै
  • इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत ‘बादल वर्षा बिजुली’
  • टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइयो 
  • गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बन्यो 

काठमाडौं ।।

‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ । यो तथ्यांक सेप्टेम्बरसम्मको रहेको गीतका रचनाकार करुण थापाले जानकारी दिए । उनका अनुसार टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइएको छ । ‘युट्युब सर्ट्स र अरुमा गन्ती नै छैन,’ थापाले भने ।

तर उक्त एनालिटिक्स प्लेटफर्म दास हड्सनले ‘बादल वर्षा बिजुली’भन्दा कम संख्या प्राप्त गरेको ह्यारी स्टाइलको गीत ‘एज इट् वाज’लाई शीर्ष स्थानमा राखेको छ । जब कि ह्यारी स्टाइलको उक्त गीतको इन्स्टाग्राममा रिल बन्ने संख्या ३.४ मिलियन (३४ लाख) मात्र रहेको भनिएको छ ।बढी संख्या प्राप्त गर्ने बादल वर्षा बिजुलीलाई शीर्ष स्थानमा राख्नको लागि रचनाकार थापाले उक्त एजेन्सीको ध्यानाकर्षण गराएका छन् । ‘कम संख्या पाउने शीर्षस्थानमा, सबैभन्दा धेरै पाउने तल । यो उचित देखिएन र ध्यानाकर्षण गराएको छु,’ थापाले भने ।

आनन्द कार्की र प्राश्ना शाक्यको स्वर रहेको गीतलाई सचिन सिंहले संगीत गरेका हुन् । फिल्म कर्तव्यमा समावेश यो गीतमा दिलीप रायमाझी र सज्जा मैनालीले नृत्य गरेका छन् । यो गीतलाई स्रष्टाले पुनः रेकर्ड गरेर गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बनेको थियो । गीतमा विदेशीले समेत थुप्रै टिकटक भिडियो बनाएका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।