July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:४८
संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?
  • गणेशमान बसेल

काठमाडौं । पछिल्लो समय उद्योगी–व्यवसायीहरू बैंक तथा वित्तिय संस्थाले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडक आन्दोलन चर्काइरहेका छन् ।

केही समूहले त बैंक तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण अभिव्यक्ति दिँदै अराजक व्यवहार गर्ने गरेको देखिन्छ । त्यसैले पनि बैंक तथा वित्तिय संस्थाहरुले सरकारसँग सुरक्षाको माग गरिरहेका छन् ।

यता, बैंक तथा वित्तिय संस्थाको खराब कर्जा बढिरहेको छ । यसले नेपालको अर्थतन्त्रमा संकटको बालद मडारिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आथिक वर्षको पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा ४ दशमलव ६८ प्रतिशत अर्थात् १८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने बैंकहरूको निष्क्रिय ऋण ११६ प्रतिशतले बढेर ९७ अर्ब ९६ करोड पुगेको छ । यसले नेपालमा आवश्यक मात्रामा आर्थिक गतिविधिहरु संचालन हुन नसकेको प्रष्ट देखाउँछ ।

विश्वव्यापी कोभिड महामरीको असर, रुस युृक्रेन युद्धले निम्त्याएको अन्तर्राष्ट्रियस्तरमा आर्थिक मन्दी, देशभित्रैको राजनितिक अस्थिरता, जस्ता कारण नेपालको अर्थतन्त्र कमजोर अवस्थामा छ ।

जसले गर्दा आवश्यक मात्रामा देशभित्रका औद्योगीक क्षेत्रहरु र व्यापार व्यवसायहरु सहज रुपमा संचालन हुन नसक्दा व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाले तकेता गरेको समयमा कर्जा तिर्न सकेका छैनन् ।

भने केही अराजक समुहले ब्याज तिर्न पर्दैन भन्दै बैंक तथा वित्तिय संस्था विरुद्ध आन्दोलन चर्काउनाले समेत खराब कर्जा बढ्नमा बल पुगेको देखिन्छ ।

नेपाल बैंकर संघका अनुसार चालू आथिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले चार करोड ८३ लाखभन्दा धेरै निक्षेप खातामार्फत झन्डै ५४ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन ।

१८ लाख ऋणीलाई ४८ अर्ब ऋण दिएका छन् । अहिले बजारमा तरलता अभावसँगै ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा झन्डै दोब्बरले बढेको छ ।

अहिले बैंक तथा वित्तिय संस्थामा बढ्दै गएको खराब कर्जाले खस्कँदो अर्थतन्त्रलाइ्र्र प्रतिबिम्वित गर्ने भएकाले बेलैमा सरकारले आर्थिक गतिविधि सहज रुपमा संचालन हुने वातावरण तयार पार्न ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्