sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमालेलाई धक्का– अग्निलाई छाडेर विश्वप्रकाशलाई साथ

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १७:१0
एमालेलाई धक्का– अग्निलाई छाडेर विश्वप्रकाशलाई साथ

झापा । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् ।
भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको नेतृत्व अब झापा क्षेत्र नं. १ ले गर्ने बताए । भृकुटी बजारमा आयोजित कार्यक्रमका बीच एमाले पार्टीका १३० भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई काँग्रेस पार्टीमा स्वागत गर्दै शर्माले भूगोल र भावना बुझेका गठबन्धनका उम्मेद्वारलाई जिताउन आफ्ना ठाउँबाट मत दिन आव्हानसमेत गरे । ‘गठबन्धनलाई जिताउन एमाले पार्टीमा आबद्ध साथीहरुको सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘तपाईहरु जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीमै बस्नोस् । तर, यसपाली संघमा म विश्वप्रकाश, प्रदेशमा गोपाल र श्यामवीर जीलाई भोट दिएर जिताउनु होस् ।’
उनले विश्वप्रकाश शर्मा कहिले नथाक्ने पनि स्पष्ट पारे । ‘म यसअघि दुई पटक उपविजेता भएँ,’ उनले भने, ‘तर, विश्वप्रकाश हार्दैन पनि थाक्दैन नि ।’ काँग्रेसका महामन्त्री समेत रहेका शर्माले भृकुटी बजार जोड्ने सडक कालेपत्रेका लागि सरकारबाट बजेट विनियोजन भएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङले राजनीतिलाई पेशा होइन, सेवाको रुपमा जनताको काम गर्ने वचन दिए । उनले यस क्षेत्र विकासका निम्ति सदैव लागि पर्ने विश्वास दिलाए ।
कार्यक्रममा एमाले निकट संगठन क्युपेक नेपाल मेचीनगर सचिव युवराज प्रधान, वडा नं. २ स्थित दिपज्योति टोलका अध्यक्ष खमबहादुर राई, एमाले पार्टीका सक्रिय सदस्य देउकुमार राई, बविता राई, मेनुका प्रधान, जया राई लगायतले एमाले छाडेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, काँग्रेस प्रदेश ‘क’ सभापति हरि बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । काँग्रेस वडा नं २ का वडा सभापति राजु रिजालको अध्यक्षता तथा माओवादी केन्द्रका नेता गोपी रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid