sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मलंगवामा निषेधाज्ञा जारी

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १0:४९
मलंगवामा निषेधाज्ञा जारी
  • कर्फ्यू आइतबार बिहान ८ बजेदेखि खुल्यो 
  • अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप
  • एक युवकमाथि छुरा प्रहार

सर्लाही ।।

सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यू आइतबार बिहान ८ बजेदेखि खुलेको छ । तर ७२ घण्टासम्म निषेधाज्ञा भने जारी गरिएको छ । कर्फ्यू खुलेपछि बजार, पसल भने खुल्न थालेका छन् भने जनजीवन सामान्य बनेको छ । सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप तथा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

कर्फ्यू आदेश जारी गरिएको समयमा स्थिति सामान्य रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यू खुलेको जानकारी दिए । तर सम्भावित घटना हुन नदिन स्थानीय प्रशासनले ७२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।

भेला, जुलुस, धर्ना, आमसभालगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले निषेधाज्ञामा मानिस हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउन, तर भेला, जुलुसलगायतका उच्छृंखल गतिविधि गर्न नपाइने जानकारी दिए ।

शुक्रबार साँझ जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा अशान्त बनेको थियो । शनिबार बिहानदेखि मलंगवामा उच्छृंखल गतिविधि बढेर स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ‘क’ को १ र ३ बमोजिम जिल्ला प्रशासनले कर्फ्यू लगाएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid