April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अब मन्त्री किराती र मेयर बालेन बेथिति अन्त्यका लागि लड्ने

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:१२
अब मन्त्री किराती र मेयर बालेन बेथिति अन्त्यका लागि लड्ने
  • सुदन किराती र मेयर बालेन्द्र शाहबीच पशुपति क्षेत्र विकास कोषमा सहकार्य हुने 
  • मन्त्री किराती र महानगरका मेयरबीच बेथिति अन्त्यका लागि सहकार्य तयारी
  • पार्किङ र धर्मशाला दुवैको सम्झौता नतोड्न मन्त्री किरातीलाई दबाब

काठमाडौँ ।।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच पशुपति क्षेत्र विकास कोषमा सहकार्य हुने भएको छ।  पशुपति क्षेत्र विकास कोषका अध्यक्ष रहेका मन्त्री किराती र महानगरका मेयरबीच बेथिति अन्त्यका लागि सहकार्य तयारी भएको हो।

हाललाई क्षेत्र विकास कोषको नाममा रहेको बनकालीस्थित पार्किङ र मारवाडी सेवा समाजले उपभोग गर्दै आएको गौशालास्थित भवनलाई जीटुजी मोडलमा सञ्चालन तयारी भएको छ। वनकालीस्थित पार्किङ २०७८ साउन २० गते तत्व इन्भेष्टमेन्टले तीन लाख ४४ हजार ८ सय ७४ मा ठेक्का लिएको थियो।  उक्त कम्पनीले ३४ लाख ७४ हजार एक सय १९ रुपैयाँ वक्यौता नतिरेपछि ठेक्का रद्द गरिएको थियो।

त्यस्तै गौशलास्थित ९ रोपनी जग्गामा सुविधा सम्पन्न भवन मारवाडी सेवा समितिले वार्षिक ५१ हजारमा उपभोग गर्दै आइरहेको थियो। धर्मशालालाई व्यवसायिक प्रयोजनमा लगाएर लाखौँ आम्दानी गर्दै आएको समितिसँगको सम्झौता पनि पशुपति क्षेत्र विकास कोषले खारेज गरिसकेको छ। पार्किङ र धर्मशाला दुवैको सम्झौता नतोड्न मन्त्री किरातीलाई दबाब आएको थियो।

मन्त्री किरातीनिकट स्रोतका अनुसार गौशलास्थित धर्मशालालाई पशुपतिको गुरु योजनाको आधारमा परम्परासहितको प्रभावकारी सेवा प्रवाह गर्न महानगरसँग सहकार्य गरिने भएको छ। त्यस्तै वनकालीको पार्किङलाई आधुनिक ढंगले सुविधा सम्पन्न बनाएर जीटुजी मोडलमा सञ्चालन गरिने छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।