October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लैजाँदा एकतर्फ भाडामात्रै ६२ लाख, अरू खर्च कति?

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:0८
राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लैजाँदा एकतर्फ भाडामात्रै ६२ लाख, अरू खर्च कति?

काठमाडौँ ।  नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजाँदा ६२ लाख खर्च भएको छ।

गत बुधबार  श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गर्न लैजाँदा हवाइ भाडाबापत राज्यकोषबाट ६२ लाख २२ हजार पाँच सय रुपैयाँ खर्च भएको हो।

उक्त खर्च एकतर्फ जाँदाको मात्रै हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेलका लागि प्रयोग गरिएको श्री एयरको एयर एम्बुलेन्सको २२ हजार पाँच सय डलर र मेडिकल टिम उडेको अर्को जहाजका लागि २५ हजार डलर तिरिने भएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार निर्धारण गरेको अमेरिकी डलरको मूल्यअनुसार ४७ हजार पाँच सय डलरको नेपाली रुपैयाँ ६२ लाख २२ हजार पाँच सय रुपैयाँ हुन आउँछ।

डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या देखिएपछि पौडेललाई गत मंगलबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो। छातीमा पनि समस्या देखिएका पौडेलको उपचार नेपालमै सम्भव रहेको र त्यसका लागि भारत गइरहनु नपर्ने त्रिविका वरिष्ठ चिकित्सकहरुहरूको सुझाव विपरीत पौडेललाई दिल्लीस्थित (एम्स) लगिएको हो।

तर राष्ट्रपति कार्यालयले चिकित्सकको सल्लाह बमोजिम नै पौडेललाई उपचारका लागि दिल्ली लगेको भन्दै जनतालाई ढाँटेको छ। राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले चिकित्सकको सल्लाहअनुसार लगेको भन्दै विज्ञप्ति निकालेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले निकालेको प्रेस नाेट

हाल उनको उपचार अस्पतालमै राखेर भइरहेको छ।

भारतमा उपचार रहँदा राष्ट्रपति पौडेल, उनीसँग गएका परिवारका सदस्य र चिकित्सक टोलीले भ्रमण खर्च नियमावली २०७२ अनुसार दैनिक भ्रमणभत्तासमेत पाउनेछन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलको उपचारका लागि तीनजना परिवारका सदस्य र चिकित्सक टोलीमा तीन जना रहेका छन्।

नियमावलीअनुसार राष्ट्रपति पौडेलले प्रतिदिन २५० डलर भ्रमणभत्ता पाउनेछन्। त्यस्तै, परिवारका सदस्यहरू श्रीमती सविता पौडेल, छोरा चिन्तन पौडेल र नाति नाता पर्ने हरिस पौडेलले विशिष्ट श्रेणीसरह दैनिक २२५ डलर भ्रमण भक्ता पाउनेछन्।

चिकित्सक डा. निरान बमले पनि विशिष्ट सरहकै सुविधा पाउने दाबी राष्ट्रपति कार्यालयले गर्‍यो। बमको टिममा रहेका अरू दुई जनाले पनि दैनिक भ्रमण भत्ताबापतको सुविधा पाउनेछन्। यस हिसाबले राष्ट्रपतिको उपचार टिममा रहेका व्यक्तिहरूको दैनिक भ्रमणभत्ता मात्रै दैनिक करिब एक हजार पाँच डलर अर्थात् एक लाख ९६ हजार रुपैयाँ बुझ्नेछन्।

जाँदा-आउदाको भाडा र दैनिक भ्रमणभत्ताबाहेक राष्ट्रपति पौडेलको उपचारका लागि अस्पतालमा लाग्ने सम्पूर्ण खर्च, औषधी राज्य कोषबाट व्यहोरिनेछ। उपचारमै रहेकाले त्यो खर्चको विवरण तय भएको छैन।

परराष्ट्र स्रोतका अनुसार अस्पतालमा तिर्नुपर्ने रकम करोड नाघ्नेछ। सात जनाको दिल्लीमा रहँदा खाने बस्नका लागि लाग्ने सुविधा पनि सरकारी खर्चमै हुनेछ।

२०७३ मा गगन थापा स्वास्थ्यमन्त्री हुँदा विशिष्ट व्यक्ति र नेताहरूको उपचार विदेशमा नगर्ने निर्णय गरेका थिए। त्यस बेलामा तुलसी गिरीको विदेशमा उपचार गराउन खर्च मागे पनि थापाले रोकेका थिए।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्