April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अब हाम्रो लक्ष्य सुकुम्बासीलाई लालपुर्जा दिने हो : मन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १६:१८
अब हाम्रो लक्ष्य सुकुम्बासीलाई लालपुर्जा दिने हो : मन्त्री श्रेष्ठ
  • सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिने
  • तराईमा कमैया प्रथा उन्मूलन भएको २३ वर्ष भयो तर सुन्दा पनि अचम्म लाग्छ
  • काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन
  • अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो

काठमाडौं।।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिने बताएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंकै नेवार समुदाय सुकुम्बासी रहेको भन्दै उनले उनीहरुलाई लालपुर्जा दिने प्रक्रिया अघि बढाउने बताएकी हुन्।

‘तराईमा कमैया प्रथा उन्मूलन भएको २३ वर्ष भयो तर सुन्दा पनि अचम्म लाग्छ। यद्यपि, काठमाडौंमा पनि कमैयाको जीवन बिताउने मूलवासी नेवारहरु धेरै छन्। काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन। अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो’ उनले भनिन्।

काठमाडौंका स्ववासीको अवस्था भयावह रहेको भन्दै मन्त्री श्रेष्ठले दुई तीन पुस्ता अगाडिदेखि बसोबास गरिरहेकाहरु पनि लालपुर्जाविहीन रहेको बताइन्।

‘बाजेको पालादेखि घर छ तर लालपुर्जा छैन। हाम्रो मन्त्रालयले स्ववासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय गरेको छ’ उनले भनिन्।

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।