May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0९
कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

१३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न
तीन सय जना जवानलाई दिक्षित गरेर कार्यक्षेत्रमा पठाइयो

नेपालगन्ज, असोज ७ गते । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दिक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका तीन सय जना जवानलाई दिक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी भिम प्रसाद ढकालले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराउनुभयो । उहाँले सोही अवसरमा तालिममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थि र राम्रो तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो ।

तालिम पाएका प्रहरी जवानहरुलाई सो अवसरमा सम्बोधन गर्दै कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी ढकालले समयको परिवर्तनसँगै नयाँ प्रकृतिका अपराधिक क्रियाक्लाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान र नियन्त्रण कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले तालिम प्राप्त गरेर कार्यक्षेत्रमा प्रवेश गर्नुहुने सबै प्रहरीलाई आम नागरिकको सेवालाई मुख्य केन्द्र बनाएर काम गर्न निर्देशन दिनुभयो ।

डिआइजी ढकालले देशको अति दुर्गमदेखि अति सुगम सबै स्थानमा राज्यको उपस्थिति देखाउने माध्यम प्रहरी मात्रै भएको जनाउँदै प्रहरीले सरकारको प्रतिनिधि भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको सुरक्षालाई चुस्त दुरुस्त बनाउन सुरक्षित कर्णाली भन्ने अभियान सञ्चालन गरिएको जनाउँदै सो अभियानको सफलताका लागि काम गर्न प्रदेशका सबै प्रहरीहरुसँग आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक सुशिलसिंह राठौरले २०७९ कात्तिक २० गतेबाट सुरु भई दुई सय ३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको सो आधारभूत तालिममा १७८ पुरुष र १२२ महिला गरेर ३०० जना प्रशिक्षार्थिले तालिम पुरा गरेको बताउनुभयो ।

तालिम संयोजक डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा नेपाली सेनाका महासेनानी मनोज थापा, सशस्त्र प्रहरी नम्बर ५ विन्दिवासिनी वाहिनी मुख्यालयका प्रमुख डिआईजी अभि खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा लगायत बाँके, बर्दिया र सुर्खेतका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।