July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

विराटनगरको माछापुच्छ्रे सहकारीले सवा ९ करोडको हिसाब देखाएन

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:५७
विराटनगरको माछापुच्छ्रे सहकारीले सवा ९ करोडको हिसाब देखाएन
  • सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलाशा 
  • मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन

विराटनगर ।।

विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ । सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि निराश भएका छन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ सञ्चालकले हिनामिना गरेको खुलेको थियो ।

सहकारीको अध्यक्ष अमलेशकुमार कर्ण हुन् । तत्कालिन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष उनी दुई पटक विराटनगरको मेयरमा उठेका थिए । सहकारीका अर्का सञ्चालक प्रभाकर थापा नेपाली कांग्रेसको युवा संगठन तरुण दल मोरङको पूर्वअध्यक्ष हुन् । सञ्चालक सम्पर्क बिहिन भएपछि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको थियो ।

समितिले अध्यक्ष कर्णसहित चार जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो । हिनामिना भएको रकमको आधा सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको छ । कार्कीले ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको कार्यालयले जनाएको छ । समितिले कार्कीबाट रकम असुल गर्न सुझाव दिएको थियो । कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्ने गरेको छानबिनका क्रममा देखिएको थियो ।

कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ ।सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाको नाममा १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ छ । उनले सो रकम हिनामिना गरेको समितिको दाबी छ । सहकारीका अध्यक्ष अमलेश कर्णको नाममा १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ । सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्