May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मलंगवामा कर्फ्यू हटे पनि निषेधाज्ञा जारी

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १२:00
मलंगवामा कर्फ्यू हटे पनि निषेधाज्ञा जारी
  • सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसो हट्यो 
  • कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने बैठकले निर्णय गर्यो 

जनकपुरधाम ।।

सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसोको समयमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ बजेदेखि ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने निर्णय गरेको छ । दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने निर्णय बैठकले गरेको छ ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ । असोज ४ गते बेलुकी दुई पक्षबीच झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साबिकको मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून बमोजिम कारबाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । हल्लाको पछि नलाग्न सचेत गराउने र सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुडा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन गर्ने, सामाजिक सद्भाव बिगार्ने खालका घटना घटाउने एवम् घटनमा संलग्न जो कोहीलाई कडा भन्दा कडा कार्यबाही हुने उनले चेतावनी दिएका छन् ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।