April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

राजदूत थापा : परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउनेछु

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १३:५८
राजदूत थापा : परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउनेछु
  • संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने
  • नेपालबाट जाने प्रतिनिधिमण्डलको साइडलाइन भेट गराउने प्रतिवद्धता

काठमाडौं ।।

संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूतका लागि सिफारिस लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने बताएका छन् ।

बुधबार संघीय संसदको ससदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रसंघका महासचिवलगायत उच्च अधिकारीको नेपाल भ्रमणका लागि पहल गर्ने र नेपालबाट जाने प्रतिनिधिमण्डलको साइडलाइन भेट गराउने प्रतिवद्धता जनाएका छन् ।

‘म राजदूतमा अनुमोदित भएँ भने युनसंगको इङ्गेजमेन्टलाई प्रभावकारी बनाउन पहल गर्छु । बहुपक्षीय कुटनीतिलाई विस्तार गर्न पहल गर्छु । परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउनेछु’ उनले भने ।

थापाले विश्वमा देखिएका समस्या समाधानका लागि उच्च स्तरीय छलफलमा भाग लिने, यस्ता छलफलहरु आयोजना गर्न र गराउन पहल गर्ने, नेपाल र राष्ट्रसंघको सहकार्यलाई अझै निकट बनाउन उच्च तहका बैठक, सम्मेलन र सहभागिता बढाउने पनि बताए ।

नेपालजस्ता देशले आफ्नो स्वार्थ जोगाउन बहुपक्षीय मञ्च राष्ट्रसंघलाई बलियो बनाएर लैजानुपर्ने भन्दै उनले राष्ट्रसंघलाई प्रयोग गर्दै त्यसबाट आर्थिक उपार्जन गर्नुपर्ने पनि बताए ।

थापाले नेपालले आफ्नो कारण नभएर पनि जलबायु परिवर्तनको मार खेपिरहेको भन्दै यो विषय पनि आफूले उठाउने बताए । ‘भुटान जस्तो देशले समेत कोपमा आफ्ना एजेन्डा उठाएको छ । हामी पनि अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तन र त्यसले नेपाल प्रभावित भएको विषय उठाउन सक्छौं’ उनले भने ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।