sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

छोरीमात्र पाउनेलाई ५० हजार र आइटी पढ्नेलाई नि:शुल्क इन्टरनेट

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १५:५४
छोरीमात्र पाउनेलाई ५० हजार र आइटी पढ्नेलाई नि:शुल्क इन्टरनेट
  • विद्यार्थीलाई पनि वडाले नै निशुल्क इन्टरनेटको व्यवस्था गर्ने
  • कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति
  • छोरीमात्र पाउने दम्पतिलाई ५० हजार रुपैयाँ दिने

पोखरा ।।

पोखरा महानगरपालिका वडा नम्बर १२ ले मातहतका विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि) को प्रयोग गर्ने भएको छ । नेपालकै नमूना विद्यालयमध्येमा पर्ने शितलादेवी सामुदायिक स्कुल, अमरसिंह उच्च माविलगायतमा आइसिटी कक्षाको रुपमा विकास गर्ने भएको छ भने विद्यालयहरुमा इन्टरनेट निशुल्क गर्ने भएको छ । विद्यालयहरुमा प्राविधिक क्षेत्रमा अध्ययन गर्नेलाई प्रोत्साहन र विद्यालयहरुमा डिजिटल कक्षाको विकास गर्दै आइटी बढ्ने विद्यार्थीलाई पनि वडाले नै निशुल्क इन्टरनेटको व्यवस्था गर्ने भएको हो ।

वडाले नीति तथा कार्यक्रममै समावेस गराएर प्राविधिक शिक्षा पढ्नेलाई प्रोत्सहन र विद्यालयहरुलाई डिजिटल बनाउँदै पूर्वाधार सुधारमासमेत जोड दिइएको अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । ‘देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह माविजस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई निशुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, वडाध्यक्ष बास्तोलाले भने, ‘सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं ।’

वडाले सबैजसो विद्यालयमा कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति लिएको छ । कम्तिमा हप्ताको एक दिन घरायसी कामदेखि जिम्मेवारी सिकाउनेसम्मका शिक्षा दिने गरी योजना अगाडि बढाइएको अध्यक्ष बास्तोलाले बताए । छोराछोरीबीच समानता ल्याउन र समाजमा वंश धान्ने नाममा छोरै चाहिन्छ भन्ने मान्यता हटाउन पोखरा-१२ मा छोरीमात्र पाउने दम्पतिलाई ५० हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको छ । २ वटासम्म छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई ५० हजार रुपैयाँ वडा दिने नीति लिइएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

‘पोखरा-१२ प्रशस्त स्वास्थ्य संस्था रहेको वडा हो । स्वास्थ्य संस्थाहरुमा छोरा भए राख्ने नत्र भ्रूण हत्या नै गर्ने योजना साथ अझै पनि मानिसहरु आउने गरेको पनि मैले थाहा पाएँ । अझै पनि यो समाजमा रहेको असमानता रोक्नुपर्छ भनेर २ वटासम्म छोरी पाएर परिवार नियोजन गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएका हौं,’ अध्यक्ष बास्तोलाले भने । अपांगता भएका व्यक्तिहरुका लागि उपचार गर्न निशुल्क सवारी साधनको व्यवस्थासमेत वडाले  गर्ने भएको छ । अपांगता भएका व्यक्तिलाई सहजताका लागि स्वास्थ्य संस्थामा पुगेर उपचार गराएर फर्किँदाको सवारी साधन गर्न वडाले नै गर्न लागेको बास्तोलाले बताए ।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid