विराटनगर । कवि अर्जुन पराजुलीले राजतन्त्र फर्किन्छ भन्नेहरुलाई कवितामार्फत व्यङ्ग्य गरेका छन् । राजतन्त्रको पक्षमा वकालत गर्नेहरुलाई कटाक्ष गर्दै उनले ‘खुसी कति हुनु महोदय, अब केही दिनमा राजा फर्किन्छन्’ भनेका हुन् ।
केही दिनअघि पूर्वराजा भक्तपुरमा जाँदा देखिएको जनलहरले राजावादीहरु उत्साहित भएको देखिएपछि पराजुलीले राजतन्त्र फर्किन नसक्ने भन्दै व्यंग्यपूर्ण कविता लेखेका हुन् ।
उनले राजतन्त्र फर्किन्छ भन्नेहरुलाइ उनले मरेकाहरू कोही पनि मरिरहन चाहँदैनन् भनेर व्यङ्ग्य गरेका छन ।