May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:३६
मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट

काठमाडौं– लमजुङ जिल्ला अस्पतालमा कार्यरत डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका छन्।

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। आकस्मिक कक्षबाट आइतबार राती साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले अधिकारीलाई कुटेको अर्का डा. सुदर्शन आचार्यले बताएका हुन्।

बिरामीलाई वार्डमा सार्न मञ्जुरीनामा बनाइरहेका बेला वडाध्यक्ष अश्लील गालीगलौज गर्दै कुटपिट गरेको आचार्यको भनाइ छ।बिरामी भर्ना गरेर राख्दा देशभरका सबै अस्पतालले मन्जुरीनामा बनाउने कानुनी प्रक्रिया रहेको जानकारी गराउँदासमेत वडाध्यक्ष बस्नेतले नसुनेको उनले बताए।

अस्पताल पुगेर नर्ससँग अश्लील शब्द प्रयोग गर्दै होहल्ला गरेपछि बस्नेतलाई डाक्टरले तपाईं के गर्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा बस्नेतले आफू ‘सभ्य नागरिक’ भएको भन्दै नर्सिङ कक्षमै डाक्टरलाई मोबाइलले झटारो हानेका थिए। अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्सलगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर पुनः आक्रमणमा उत्रिएका थिए।

अस्पतालमा असुरक्षित वातावरण बनाएको भन्दै तत्काल प्रमुख जिल्ला अधिकारीलाई घटना गराएपछि वडाध्यक्ष बस्नेतलाई आइतबार राती नै अस्पतालबाट प्रहरीले पक्राउ गरिसकेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।