April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

तीनकुने हत्याकाण्डमा प्रयोग भएको हतियार प्रहरीले फेला पार्यो

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:३१
तीनकुने हत्याकाण्डमा प्रयोग भएको हतियार प्रहरीले फेला पार्यो

काठमाडौँ। काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले फेला पारेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको हो । खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर आक्रमण गरेको पाइएको छ ।

शुक्रबार राती ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । हत्याको सूचना पाएपछी प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

लगत्तै घटनास्थलमा पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले चार जनाको शव भेटेको थियो । मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो ।

प्रहरीले राति अपराधमा प्रयोग भएको हतियार बरामद गरेको थिएन । शनिबार घटनास्थलको सर्च अप्रेशनका क्रममा हतियार फेला परेको हो ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट