May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:0४
राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज
  • राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै
  • मिटरब्याजसम्बन्धी विधेयक बैठकको कार्यसूचीमा परेन 

काठमाडौं ।।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन (मिटरब्याज) मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषय समावेश छैन ।

‘मिटरब्याजसम्बन्धी विधेयकका हकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर मात्रै अगाडि बढाउनुपर्ने बताएपछि कार्यसूचीमा नराखिएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

‘केही त्रुटिहरु पनि छन् । केही प्रक्रियाका विषय छन् । प्रतिस्थापन विधेयक पारित गरेर पठाएको सामान्य विधेयक झै प्रतिनिधिसभाबाट पारित भएर आएको छ । यसमा राष्ट्रिय सभाका अध्यक्षको चासो छ,’ ती अधिकारीहले भने । उनका अनुसार बिहीबार यो विधेयक अगाडि बढ्ने संभावना छैन ।

गत असार ३१ गते प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक राष्ट्रिय सभाले असार १५ गते पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।

अब प्रतिनिधि सभाले पारित गरेको सन्देश राष्ट्रिय सभामा टेबुल गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा विधेयक राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ ।

प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएको पाँच दिनपछि बसेको राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा यो विषय नपरेको हो।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।