April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

न्युजिल्यान्डमाथि अस्ट्रेलियाकाे राेमाञ्चक जित

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:२९
न्युजिल्यान्डमाथि अस्ट्रेलियाकाे राेमाञ्चक जित

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायाे ।

अस्ट्रेलियाले दिएकाे ३ सय ८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायाे । न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ८९ बलमा १ सय १६ रन बनाएर आउट भए । यस्तै जेम्स नीशमले ५८ र ड्यारेल मिचेलले ५४ रन जाेडे । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ३ तथा जाेश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

यसअघि धर्मशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयाे । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपकाे डेब्युमा शतक बनाए । उनी ६७ बलमा १ सय ९ रन बनाएर आउट भए । यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जाेश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

याे जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जाेडेकाे छ । अस्ट्रेलिया तालिकाकाे चाैथाे स्थानमा छ भने न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटकाे आधारमा तेस्राे स्थानमा छ ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।