May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको समूहमा

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:३९
यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको समूहमा

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ । यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्डसँग खेल्ने छ ।

श्रीलंकामा हुने प्रतियोगितामा नेपालले आफ्नो दोश्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल २० जनवरीमा अफगानिस्तानसँग हुने छ । गत फेब्रुअरी मार्चमा यूएईमा भएको छनोट प्रतियोगिता जित्दै नेपाल यू १९ विश्वकमा चयन भएको थियो । यू–१९ विश्वकप क्रिकेटमामा सहभागी १६ टिमलाई चार चार वटा टिमको चार वटै समूहमा विभाजन गरिएको छ । समूह चरणमा शीर्ष ३ मा पर्ने टिमले अर्को समूहका शीर्ष ३ मा पर्ने २ टिमसँग सुपर सिक्स खेल्ने छ । समूह एका टिमले डीसँग तथा समूह बीका टिमले समूह सीका टिमसँग सुपर सिक्स खेल्ने छन् । २ समूहका सुपर सिक्सका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । समूह चरणको पुछारमा रहने टोलीले भने वरीयताका लागि अर्को समूहको पुछारकै टोलीसँग खेल्ने छन् ।

हेर्नुहोस् खेल तालिका :

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।