April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री

राजन अधिकारी फाउण्डेसनको एम्बुलेन्समा गाँजा तस्करी

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:२३
राजन अधिकारी फाउण्डेसनको एम्बुलेन्समा गाँजा तस्करी

गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा २१.५ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहितको एम्बुलेन्सँगै चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई पनि पक्राउ गरेको छ ।

गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्स राजन अधिकारी फाउण्डेसन धरानको हो । अधिकारी नेपालका अग्ला व्यक्ती हुन् । उनकाे नाममा फाउन्डेशन सञ्चालित छ ।

सोही स्थानबाट प्रहरीले भारतीय नम्बर प्लेट विआर ३८ एएफ०३३६ नम्बरको मोटरसाइकलपनि नियन्त्रणमा लिएको छ ।

गाँजासहित नियन्त्रणमा लिइएको एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धन भइरहेको प्रहरीले बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।