July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तनावले पनि हुन सक्छ पेटमा समस्या

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:२६
तनावले पनि हुन सक्छ पेटमा समस्या

काठमाडौं । स्वास्थ्य राम्रो हुन शारीरिकसँगै मानसिक पक्ष पनि ठीक हुनुपर्छ । त्यसैले चिकित्सकहरु बिरामीलाई औषधिका साथै तनावमुक्त रहन सुझाउँछन् । तनावले शरीरका अधिकांश अंगमा प्रत्यक्ष-अप्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसमध्ये एक पेट पनि हो ।

पेटको दुखाइलगायत अन्य समस्यामा तनाव पनि उत्तिकै जिम्मेवार हुने मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी बताउँछन् ।

‘मस्तिष्कले खाना खाएपछि पाचनप्रणालीलाई सक्रिय बनाउन भूमिका खेल्छ । जसकारण तनाव हुँदा पेटमा असर गरिरहेको हुन्छ,’ उनी भन्छन्, ‘कहिले पेटमा समस्या हुँदा तनाव हुन्छ भने कहिले तनावकै कारण पेटमा समस्या हुनसक्छ ।’

पेट र मस्तिष्कको सम्बन्ध

डा. अधिकारीका अनुसार पेट र मस्तिष्कलाई इन्डोक्राइन मार्ग, न्युरो र प्रतिरक्षा मार्गको मद्दतले जोड्ने गर्छ । ‘न्युरोन्सयुक्त एन्टेरिक नर्भ सिस्टमको सहाराले हाम्रो शरीरको क्रियामा ठूलो भूमिका खेल्छ, जसको मद्दतले पेट र मस्तिष्कको बीचमा सबै सञ्चार हुन्छ र पेटसँग सम्बन्धित समस्या हुँदा यसको सिधा सन्देश मस्तिष्कमा जान्छ,’ डा. अधिकारी भन्छन् ।

कसैलाई पेटसम्बन्धी समस्या भएमा उसको मानसिक स्वास्थ्यमा पनि असर गर्छ र मानसिक स्वास्थ्यमा पनि असर पर्छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या भएमा त्यसको असर पेटमा पनि देखिने डा. अधिकारी बताउँछन् ।

पाचनप्रणालीमा गडबड

तनावका कारण पेटमा एसिड पैदा हुन्छ । जसकारण पेट दुख्ने, बान्ता हुने, झाडापखाला हुने सम्भावना हुन्छ । यदि कुनै व्यक्तिलाई लामो समयदेखि पेटसम्बन्धी समस्या छ भने यसले उसको मानसिक स्वास्थ्यमा असर गर्छ । पाचनप्रणालीमा समस्या भएका व्यक्तिलाई डिप्रेसन, एन्जाइटी र डिप्रेसन जस्ता मानसिक समस्याको सामना गर्नुपर्ने डा. अधिकारी बताउँछन् ।

‘पेट दुख्ने, बान्ता आउने, डायरिया हुने जस्ता लक्षण लिएर ग्यास्ट्रोलोजिस्टका पुगेका बिरामीको  पेटको सबै परीक्षण गराइसके पनि कुनै निश्चित रोग पत्ता नलागेका केस पनि आउने गर्छन्,’ उनी भन्छन्, ‘यस्ता धेरै केस मानसिक रोगको पनि हुन सक्छ ।’

सोमाटोफर्म डिसअर्डर

पेट दुख्ने, ग्यास्ट्रिक हुने बिरामीलाई सोनोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी जस्ता सबै परीक्षण गरिसकेपछि रोग पत्ता नलागे सोमाटोफर्म डिसअर्डर जस्तो मानसिक रोग पनि हुन सक्छ । यो रोगमा शारीरिक लक्षणको रुपमा पाचन सम्बन्धी समस्या देखिन सक्ने उनी बताउँछन् ।

इरिटेबल बोवेल सिन्ड्रोम

तनाव र एन्जाइटीका कारण इरिटेबल बोवेल सिन्ड्रोमको समस्या सामान्यतया युवामा पाइन्छ । पेटमा हल्का दुख्ने, कब्जियत हुने, बारम्बार पखाला लाग्ने, राम्ररी निद्रा नपर्ने, थकान र टाउको दुख्ने समस्या भएमा यसलाई इरिटेबल बोवेल सिन्ड्रोमको लक्षण भन्न सकिन्छ । कतिपय मानिसमा यो समस्या जीवनभर रहन्छ । समयमा नै उपचार भएमा निको पनि हुन सक्छ ।

कसरी बच्ने ?

पेट र मस्तिष्कबीचको सम्बन्धको कारण यी दुईसँग सम्बन्धित समस्याले एकअर्कामा प्रत्यक्ष प्रभाव पार्छ । यी समस्याबाट बच्न आहारमा सुधार गर्न फाइबरयुक्त र प्रोबायोटिक खानेकुरा सेवन गर्नु फाइदाजनक हुन्छ ।

त्यस्तै, व्यायामले पाचनप्रणाली र पेटका लागि लाभदायक छ । यी समस्या बाहेक नियमित व्यायाम गरेर शरीरका अन्य धेरै समस्या पनि हटाउन सकिन्छ । तनावलाई व्यवस्थापन गर्न एउटै समयमा उठ्ने, सकारात्मक व्यक्तिको संगत गर्ने, मनको कुरा साथी र परिवारसँग सेयर गर्ने, सही समयमा आफ्नो काम सकाउने र सही समयमा सुत्ने बानी दैनिकीमा समावेश गर्नुपर्ने डा. अधिकारीको सुझाव छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट