काठमाडौं ।।
नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले व्यवसायीबाट उठाउनैपर्ने बाँकी बक्यौता उठाउनुपर्ने भन्दै नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत भएको बताए ।
काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले व्यवसायीबाट उठाउनैपर्ने बाँकी बक्यौता उठाउनुपर्ने भन्दै नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत भएको बताए ।
बैठकमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले डेडिकेटेड लाइनको बाँकी बक्यौता असुल हुने सुनिश्चितता नभएको भन्दै त्यसलाई आम्दानी देखाएर विद्युत् प्राधिकरणलाई नाफा कमाएको संस्थाको रूपमा स्थापित गर्न खोजिएको बताए । यसको छिनोफानो गर्न आवश्यक रहेको उनले बताए । “उपभोग गरेको विद्युत्को शुल्क तिर्नुपर्यो, नगरेको तिर्न बाध्य गराउनुभएन । यसलाई चाँडो टुंगो लगाउनुपर्छ,” उनले भने ।