May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

दोलखामा ४ किलो सुन फेला पारियो

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० ११:१0
दोलखामा ४ किलो सुन फेला पारियो
  • दोलखाको सिँगटीबाट चार किलो सुन बरामद
  • सुनसहित तीन जना पक्राउ पनि परे
  • पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी

काठमाडौं ।।

दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बतायो ।

यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भएको जनायो । उक्त पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट