May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १0:२५
आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै

काठमान्डौ ।।

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा दुवै टिम प्रतियोगिताको

आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिन लागेका हुन् ।

नेपाली टिम रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिँदै छ । पाकिस्तानको कप्तानी मोहम्मद ह्यारिसले गर्दै छन् । ह्यारिसले पाकिस्तानको राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । यस्तै, पाकिस्तानको टिममा मोहम्मद वासिम जुनियर र साहनवाज दाहानीजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् ।

खेल नेपाली समयानुसार बिहान १०ः१५ बजे सुरु हुनेछ । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्नेछ । नेपाली टिमले साउत ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।