May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

भूकम्प पीडितलाई घर बनाउने पैसा एकमुष्ट दिनुपर्छ : गगन

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० ११:१९
भूकम्प पीडितलाई घर बनाउने पैसा एकमुष्ट दिनुपर्छ : गगन
  • घर बनाउने पैसा एकैपटकमा दिन आग्रह 
  • ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने
  • भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने पैसा एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ । भूकम्प प्रभावितलाई विना झन्झट एकमुष्ट दिनुपर्ने थापाले बताए । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने पार्टीमा बुधबार छलफल भएको उनले जानकारी दिए।

पार्टीको निर्णय अनुसार सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भेटको जानकारी दिए । रकम दुरुपयोग हुने भय सरकारलाई भएको भए त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिने विकल्प उनले सुझाइका छन् ।

‘तर अहिलेको भुक्तानी प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो भयो भने उपयुक्त समय भित्र अस्थायी घर नबन्ने सम्भावना रहन्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,’त्यस कारण भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने रकम दुई किस्ता नभई एकमुष्ट दिँदा उचित हुने हाम्रो धारणा हो ।’

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट