May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन नदिने माओवादीको निर्णय

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:१0
धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन नदिने माओवादीको निर्णय
  • साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने
  • शिक्षक आन्दोलनबारे पनि छलफल
  • हामी बेलैमा गम्भिर भएर समाधान गर्ने दिशातिर लानुपर्छ 

काठमाडौं ।।

सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेका बेला बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीहरुको बैठक बसेको थियो । बैठकले देशका विभिन्न स्थानमा धार्मिक एवम् साम्प्रदायिक सदभाव खलबलिन खोजेको निष्कर्ष निकालेको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशमा अराजकताको संकेतहरु देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भिरतापूर्वक लाग्नुपर्यो। बाहिर पनि छलफल चलाउनु पर्यो  । नेतृत्व लिनुपर्यो,’ सापकोटाले भने, ‘सामाजिक संघ, संस्थासँग अन्तरक्रिया गर्ने पनि भनिएको छ ।’ उनले अगाडि भने, ‘नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेतहरु देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भिरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ ।’

 

 

शिक्षक आन्दोलनबारे पनि छलफल

बैठकले आन्दोलनरत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने बताए । बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरुले उठाएका प्रश्नहरु, गुनासाहरुको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो ।

शिक्षा विधेयक संसदमा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भिर ढंगले छलफल गर्यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ भन्ने छलफल गर्यौँ । प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील समेत गरे ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।