May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:४0
३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न
  • तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना
  • असोज ६ देखि ८ गतेसम्म उक्त कार्यक्रम सम्पन्न 
  • चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरियो 

काठमाडौं ।।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले काठमाडौंस्थित होटेल ह्यात रिजेन्सीमा असोज ६ देखि ८ गतेसम्म उक्त कार्यक्रम आयोजना गरेको हो । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९- ०८० मा तोकिएको लक्ष्य पुरा गर्ने ४५० जनाभन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको छ ।

साथै नेपालभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ता, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो तथा सञ्जालमा अलग – अलग उत्कृष्ट गर्ने सात लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोड र सञ्जालको व्यवसायबाट अलग – अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्तालाई पनि सम्मानित गरिएको थियो ।

कम्पनीले आउने दिनहरूमा आफ्नो प्रतिस्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरूलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको अध्यक्ष सिहंले बताइन् । यो सबै अभिकर्ताहरूको योगदानबाट मात्र सम्भव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता प्रकट गरिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आफ्नो वर्षभरीको मेहनत र परिश्रमवापत तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागी भइ चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई बधाइ दिएका थिए ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट