July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

६७ प्रतिशतले बढ्यो निफ्रा

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:0९
६७ प्रतिशतले बढ्यो निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कर्जा विस्तार गर्दा ब्याज आम्दानीसँगै नाफा पनि बढेको छ । बैंकले आर्थिक वर्ष २०७९- ८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जनााएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ६७.२८ प्रतिशतले वृद्धि भएको हो । बैंकको कर्जा विस्तारसँगै खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको हो ।

चैत मसान्तसम्म बैंकले ७९ करोड ६६ लाख ५१ हजार निक्षेप संकलन गर्दा २२ अर्ब ८ करोड ४० लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले चैत मसान्तसम्म ऋणपत्र मार्फत २ अर्ब २८ करोड १३ लाख ३ हजार रुपैयाँ स्रोत संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४० करोड १ लाख ९२ हजार निक्षेप संकलन गर्दा ११ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले ऋणपत्र भने जारी गरेको थिएन । एक वर्षको अवधिमा बैंकको निक्षेप ९९.१२ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी ८४.८६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको कर्जा विस्तारसँगै खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले वृद्धि भएको छ । जसले नाफा वृद्धिमा उल्लेख्य योगदान दिएको हो । गत आबको तेस्रो त्रैमासमा १ अर्ब २९ करोड १३ लाख १६ हजार खुद ब्याज आम्दानी गरेको बैंकले चालु आबको सोहि अवधिमा २ अर्ब ४४ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २ करोड १८ लाख १६ हजार रुपैयाँ पुग्दा सम्भावित कर्जा नोक्सानीका लागि ६ करोड ५० लाख ४७ हजार रुपैयाँ व्यवस्था गरेको छ ।

चैत मसान्तमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार पुगेको छ । गत आबको तेस्रो त्रैमासमा बैंकको सञ्चालन नाफा ९९ करोड २० लाख ४३ हजार रहेको छ । बैंकको नेपाल राष्ट्र बैंकले निर्देशन अनुसारको व्यवस्थापछिको नाफा भने ९१ करोड ६१ लाख १४ हजार रहेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले उक्त मुनाफा आर्जन गरेको हो । बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ९८ करोड ५८ लाख ३० हजार रुपैयाँ छ छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २९ पैसाबाट बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा पुग्दा मुल्य आम्दानी अनुपात ३९०.६३ गुणा रहेको छ । बैंकको सम्पत्तीमा प्रतिफल ५.८७ प्रतिशतन छ भने इक्व्ीटीमा प्रतिफल ६.५५ प्रतिशत रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्