May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

आगामी चुनावमा माओवादी एक्लै लडेर बहुमत ल्याउने

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:२६
आगामी चुनावमा माओवादी एक्लै लडेर बहुमत ल्याउने
  • आगामी चुनाव माओवादी एक्लै लड्छ
  • अब एकल रुपमा चुनाव लड्ने निर्णय नै गरेर अघि बढ्ने
  • सरकारले भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्ने

विराटनगर ।।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आगामी चुनाव माओवादी एक्लै लड्ने र एक्लै बहुमत ल्याउने दावी गरेका छन् । माओवादी केन्द्र विराटनगर महानगर समितिले शनिवार आयोजना गरेको एकदिने स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले सो कुरा बताएका हुन् । माओवादी केन्द्रको संगठन बिभाग प्रमुख समेत रहेका शर्माले भने, ‘०८४ को चुनाव माओवादी एक्लै लड्छ र अहिले सरकारले गरेको लोकप्रिय कामको बलमा बहुमत पनि स्पष्ट ल्याउँछ ।

’ पटक-पटक अर्को दलसँग मिलेर लड्दा माओवादीको आफ्नो स्वत्व हराएको र मतदाता अलमलिएको भन्दै शर्माले अब एकल रुपमा चुनाव लड्ने निर्णय नै गरेर अघि बढ्ने बताए । माओवादीले हरेक पटक सरकारमा जाँदा लोकप्रिय काम गरिरहेको तर त्यसको जस लिन नसकेको भन्दै नेता शर्माले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्ने गरी गरेका कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए ।उनले पार्टी रुपान्तरण अभियान चाडबाडको बेलामा पनि जारी रहने बताए ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट