sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तेल र ग्यासमा फेरि भाउ बढेपछि उपभोक्ता थप मारमा, सहुलियत दिनुपर्ने सरकार मौन

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:२१
तेल र ग्यासमा फेरि भाउ बढेपछि उपभोक्ता थप मारमा, सहुलियत दिनुपर्ने सरकार मौन

खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढयो

काठमाण्डाै – चाडपर्वको बेला सहुलियत पाउनुपर्नेमा नागरिक थप महँगीको मारमा परेका छन् । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ ।

ग्यास प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

बढेको मूल्य अनुसार अब काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ तथा डिजल र मट्टीतेलको एक सय ७९ रूपैयाँ पर्नेछ । अरु ठाउँमा भाउ फरक फरक छ । खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर २ हजार एक सय १० रूपैयाँ पर्नेछ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित प्रणाली अनुसार नेपालमा पनि भाउ बढेको जनाएको छ । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरु दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

डिजल र पेट्रोलको भाउ थप बढेपछि यात्रा र ढुवानी खर्च पनि बढ्ने भएकाले उपभोक्ता अझै मारमा पर्नेछन् । महँगीले बिहान बेलुका छाक टार्नै मुस्किल हुन थालेको छ । महँगी यसरी बढिरहे पनि सरकार मौन छ । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नै गरेको छैन ।

मूल्यवृद्धिको चर्को आलोचना भइरहे पनि नियन्त्रणमा चासो दिइएको छैन । दैनिक बजार अनुगमन भइरहेको भनिए पनि त्यो प्रभावकारी देखिएको छैन । बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।

दशैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको छ । मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारमाथि दबाब बढ्दो छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid