April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

२७.७५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:२७
२७.७५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार
  • सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढ्यो 
  • पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच
  • चार कम्पनीको सेयर मूल्य स्थिर

काठमाडौं ।।

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.४० अंकले बढेर ३८१.०७ विन्दुमा पुगेको छ ।

१३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको छ । ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ । समग्रमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट