April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस विदेश पलायन हुँदा मुलुकलाई क्षति पुग्छ : मन्त्री साउद

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १३:१४
चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस विदेश पलायन हुँदा मुलुकलाई क्षति पुग्छ : मन्त्री साउद
  • दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति
  • देशको आर्थिक अवस्थालाई समेत असर
  • सबै क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड

काठमाडौं ।।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् । उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस विदेश जाँदा यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए ।

मन्त्री साउदले क्षमतावान व्यक्तिले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए । उनले देशको कुल जनसंख्यामध्ये युवाको जनसंख्या धेरै रहेको उल्लेख गर्दै देशको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए । मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए । मन्त्री साउदले राज्यव्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।