sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको उपाधी फ्रिडम फाइटरलाई, आयोजक स्तब्ध

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० ११:३१
अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको उपाधी फ्रिडम फाइटरलाई, आयोजक स्तब्ध

सिमरा : आयोजक सिमरा भेट्रान क्लबलाई स्तब्ध पार्दै काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी उचालेको छ। सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकमाथि ३-१ को जित निकाल्दै फ्रिडम फाइटरले पहिलो सहभागितामै उपाधी उचालेको हो।

फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक-एक गोल गरे। आयोजका लागि भेषराज लिम्बुले एक गोल गरे।

उपाधी विजेता फ्रिडम फाइटरले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक क्लबका गोपीचन्द भट्ट घोषित भएका छन्। विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ताको उपाधी प्रतियोगिता अवधीभर १० गोल गरेका विकर्ण श्रेष्ठ घोषित भए। उनी फाइनल खेलको म्यान अफ दि म्याच समेत चुनिए।

यसैगरी ५० वर्ष माथिको उत्कृष्ट खेलाडी फ्रिडम फाइटरका उदयबहादुर गुरुङ ‘काका’, उत्कृष्ट गोलरक्षक फ्रिडम फाइटरका मुकुन्द श्रेष्ठ, उत्कृष्ट मिडफिल्ड फ्रिडम फाइटरका राजकुमार घिसिङ, उत्कृष्ट प्रशिक्षक फ्रिडम फाइटरका सुरज श्रेष्ठ, उत्कृष्ट डिफेन्स आयोजक क्लबका विष्णु सुनार घोषित भएका छन्।

उपाधी विजेता, उपविजेता र विधागततर्फ उत्कृष्ट घोषित खेलाडीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय कृष्णप्रसाद यादव, पूर्वप्रदेशसभा सदस्य शोभा लामा, नेपाली कांग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ता, रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादव, कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, कांग्रेसका क्षेत्रीय सभापति लोकेश सिंह, एलएस न्युरो अस्पताल वीरगन्जका संचालक रामप्रवेश प्रसाद कुर्मी, प्रतियोगिता संयोजक हरी चौधरी, आयोजक क्लबका अध्यक्ष राजकपुर राउतलगायतले पुरस्कार वितरण गरेका थिए। समापन कार्यक्रममा भेट्रान खेलाडी गणेश सुनुवारलाई सम्मान गरिएको थियो।

स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा असोज ७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारतका गरी ११ टिमको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid