December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

कर्णालीमा धमाधम मतदान हुँदै

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:२२
कर्णालीमा धमाधम मतदान हुँदै
  • कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
  • २ बजेदेखि मतदान सुरु भएको अध्यक्षद्वारा जानकारी 
  • अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुने

सुर्खेत ।।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार २ बजेदेखि मतदान सुरु भएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले जानकारी दिइएन् । शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको थियो । तर शनिबारदेखि ६ पटकसम्म मतदानको समय सरेर अन्तिम पटक आइतबार दिउँसो १ बजेका लागि तोकिएको थियो । आइतबार पनि बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको थियो । १० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरेर मतदान सुरु भएको अध्यक्ष मण्डलले जनाएको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुनेछन् । गत बुधबार सुरू भएको अधिवेशन अन्तर्गत शुक्रबार बन्द सत्र सम्पन्न भएको थियो । सहमतिको प्रयास सफल नभएपछि नेतृत्व चयनका लागि निर्वाचन घोषणा गरिएको थियो । एमाले प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् । त्यस्तै, सचिवमा धुव्रकुमार शाही र रुद्रबहादुर शाहीको प्रतिस्पर्धा हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।