May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोटरसाइकल चोर्ने दुई युवकलाई स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगायो

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:५९
मोटरसाइकल चोर्ने दुई युवकलाई स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगायो

झापा : मोटरसाइकल चोरी गरेको आरोपमा एक भारतीयसहित दुई युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । मे ११ प ४३०७ नम्बरको सेतो कालो रङको एफजेट मोटरसाइकल चोरी गरेको आरोपमा भद्रपुर नगरपालिका– ४ स्थित तारानगरका स्थानीयले सोमबार बिहान ७:१५ बजेतिर ती युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा साबिक चकचकी– ८ हाल बाह्रदशी गाउँपालिका– २ निवासी ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा निवासी २९ वर्षीय मोहम्मद जुबेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

ती युवकहरूले सडकमा मोटरसाइकल डोराउँदै लगिरहेका थिए । स्थानीय उपेन्द्रनाथ पौडेलले मोटरसाइकल किन डोराएको भन्दै उनीहरूसँग सोधपुछ गरेका थिए । प्रतिउत्तरमा उनीहरूले पेट्रोल सकिएको र सर्भिसिङ गर्नुपर्ने भएकाले मोटरसाइकल बन्द भएर डोराउनु परेको जवाफ फर्काएका थिए ।

‘उनीहरूले ग्यारेजमा लानुपर्ने मोटरसाइकल मेची नदीतर्फ लैजान खोजेपछि शङ्का उत्पन्न भयो,’स्थानीय पौडेलले भने, ‘त्यसपछि स्थानीय युवाहरूले दुवैजनालाई समातेर प्रहरीलाई जिम्मा लगायो ।’ पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालको भनाइ छ ।

नियन्त्रणमा लिएको मोटरसाइकल इलाम जिल्ला देउमाई नगरपालिका–३ बस्ने तारा कुमार राईको छोरा निश्चल राईको रहेको खुलेको छ । निश्चल हाल बिर्तामोड नगरपालिका–४ मेघावारिमा डेरा गरी बस्दै आएका छन् । उनकै कोठाबाट सोमबार बिहान ४ बजे मोटरसाइकल चोरी भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट