May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

मोटरसाइकल चोर्ने दुई युवकलाई स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगायो

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:५९
मोटरसाइकल चोर्ने दुई युवकलाई स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगायो

झापा : मोटरसाइकल चोरी गरेको आरोपमा एक भारतीयसहित दुई युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । मे ११ प ४३०७ नम्बरको सेतो कालो रङको एफजेट मोटरसाइकल चोरी गरेको आरोपमा भद्रपुर नगरपालिका– ४ स्थित तारानगरका स्थानीयले सोमबार बिहान ७:१५ बजेतिर ती युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा साबिक चकचकी– ८ हाल बाह्रदशी गाउँपालिका– २ निवासी ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा निवासी २९ वर्षीय मोहम्मद जुबेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

ती युवकहरूले सडकमा मोटरसाइकल डोराउँदै लगिरहेका थिए । स्थानीय उपेन्द्रनाथ पौडेलले मोटरसाइकल किन डोराएको भन्दै उनीहरूसँग सोधपुछ गरेका थिए । प्रतिउत्तरमा उनीहरूले पेट्रोल सकिएको र सर्भिसिङ गर्नुपर्ने भएकाले मोटरसाइकल बन्द भएर डोराउनु परेको जवाफ फर्काएका थिए ।

‘उनीहरूले ग्यारेजमा लानुपर्ने मोटरसाइकल मेची नदीतर्फ लैजान खोजेपछि शङ्का उत्पन्न भयो,’स्थानीय पौडेलले भने, ‘त्यसपछि स्थानीय युवाहरूले दुवैजनालाई समातेर प्रहरीलाई जिम्मा लगायो ।’ पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालको भनाइ छ ।

नियन्त्रणमा लिएको मोटरसाइकल इलाम जिल्ला देउमाई नगरपालिका–३ बस्ने तारा कुमार राईको छोरा निश्चल राईको रहेको खुलेको छ । निश्चल हाल बिर्तामोड नगरपालिका–४ मेघावारिमा डेरा गरी बस्दै आएका छन् । उनकै कोठाबाट सोमबार बिहान ४ बजे मोटरसाइकल चोरी भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट