May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

स्पेनको मर्सिया सहरको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:५८
स्पेनको मर्सिया सहरको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

दक्षिपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन ।

मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र लागेको आगोलाई निभाउने प्रयास गरिरहेको देखाइएको छ । प्रहरी र आपत्कालीन सेवाहरूले सम्भावित क्षतिबाट जोगाउन क्लबको भित्री भाग सुरक्षित गर्ने प्रयास गरिरहेका थिए । साथै उनीहरूले आगलागीमा परी निधन भएका शवहरू पत्ता लगाउन र पहिचान गर्ने प्रयास गरिरहेका थिए । अधिकारीहरूले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

नाइटक्लबमा भएको उक्त दुर्घटनापछि सिटी काउन्सिलले तीन दिनको शोकको घोषणा गर्दै मर्सिया क्षेत्रका सरकारी भवनहरूमा तीन दिनसम्म आधा झन्डा झुकाउने घोषणा गरेको छ । रासस

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।