May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

बसन्तपुरमा कुमारीको सामूहिक पूजा

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १३:२८
बसन्तपुरमा कुमारीको सामूहिक पूजा

काठमाडौं : काठमाडौंको सबैभन्दा ठूलो धार्मिक चाड इन्द्रजात्राको अवसरमा बुधबार बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । पूजामा ५०४ कुमारी देवीहरुको सहभागिता रहेको थियो । हरेक वर्ष इन्द्रजात्राको अवसरमा ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ले कुमारी पूजाको आयोजना गर्दै आएको छ ।

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो। पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो। बेल विवाह नगरेका नेवार समुदायका २ देखि ८ वर्ष उमेर समूहका बाल कुमारी पूजामा सहभागी भएका हुन्।

कुमारी पूजा गर्दा उनीहरू स्वस्थ्य र सुरक्षित हुने विश्वास छ। भक्तजनले इच्छा अनुसार कुमारीहरुलाई नगद, फलफूल, कपडालगायत सामग्री प्रदान गरे । नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले रोगबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ। प्रत्येक वर्ष इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।