May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बिहान चाँडै उठ्दा हुन्छन् अनेक लाभ

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० ११:३0
बिहान चाँडै उठ्दा हुन्छन् अनेक लाभ

राम्रो दिनचर्याको लागि बिहान चाँडै उठ्नु लाभदायक हुन्छ, तर हमीमध्ये धेरै आफ्नो व्यस्त जीवनशैलीको कारण विहान चाँडै उठ्न सक्दैनौं।

एक अध्ययनका अनुसार विहान चाँडै उठ्ने व्यक्तिको दिमाग ढिलो उठ्ने व्यक्तिको तुलनामा निकै तेज हुन्छ। आयुर्वेदको मान्यताअनुसार पनि विहान ४ देखि ६ बजेको बीच हाम्रो मस्तिष्कमा नकारात्मक विचारहरुको प्रवाह शून्य हुन्छ। त्यहि भएर उक्त समयलाई ब्रह्ममुहूर्त पनि भनिएको छ। यस समय चाँडै उठेर सूर्यको प्रकाश र ताजा हावाको स्पर्शले हाम्रो शरीरभित्र एक ऊर्जा उत्पन्न हुन्छ, जसले हाम्रो शारीरिक र मानसिक विकास हुनछ।

विहान चाँडै उठ्दा तनावलाई समेत माथ दिन सक्ने अध्ययनले देखाएको छ। विहान चाँडै उठ्दा एकाग्रता बढ्छ। विहानै उठ्ने व्यक्तिले आफ्नो काम चाँडै सकाएर दिनभरीको योजना सजिलै बनाउन सक्छन्। व्यक्ति आफ्नो कामप्रति उत्साहित हुन्छ र मानसिक स्वास्थ्यसमेत राम्रो हुन्छ। अध्ययनअनुसार विहानै उठ्दा मानसिक र शारीरिक थकानबाट समेत छुटकारा पाइन्छ।

यद्यपि विहान उठ्नुका साथै केही राम्रो बानीहरु बसाल्न सके यसको लाभ निकै बढी हुन्छ। जस्तै विहान नियमित रुपले योग र व्यायाम गर्दा मानसिक स्वास्थ्यको लागि सधैं लाभकारी हुन्छ। विहान चाँडै उठ्दा स्वस्थ ब्रेकफास्ट खाने पर्याप्त समय पाइन्छ, जसले हाम्रो शरिरलाई दिनभरी स्फुर्त राख्न सक्छ।

विहानै उठ्दा हाम्रो मस्तिष्कमा सकारात्मक विचारहरुको सञ्चार हुन्छ। एक शोधको अनुसार जो व्यक्ति सूर्योदयभन्दा पूर्व उठ्छन् उनी सधैं आफ्नो समस्याको सामाधानको लागि फरक दृष्टिकोण राख्छन्। यो सकारात्मक सोंचको कारण हुन्छ। विहान उठ्नाले मन सकारात्मक हुन्छ भने शरिर स्वस्थय र मन प्रशन्न रहन्छ।

यी क्रियाहरुले व्यक्तिको दैनिक जीवनलाई मात्रै नभएर व्यक्तित्वलाई समेत प्रभावकारी बनाउँछ। यसले हाम्रो विचारलाई सकारात्मक बनाउनुका साथै विहान चाँडै उठ्दा रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमताको समेत विकास हुन्छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।