पोखरा ।।
गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेका छैनन् । अधिवेशनका लागि गण्डकी प्रदेशभरिका करिब १ हजार जना प्रतिनिधि पोखरा आइसकेका छन् । आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चुन्नेछन् । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए मेसिन भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिए ।