May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

भत्ताको बजेटमा चिकित्सक र स्वास्थ्यकर्मीहरुविच भनाभन

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १६:३५
भत्ताको बजेटमा चिकित्सक र स्वास्थ्यकर्मीहरुविच भनाभन
  • गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद
  • समितिका सदस्यहरुले चिकित्सकहरुप्रति अपमानजनक र धम्कीपूर्ण व्यवहार
  • चिकित्सक र स्वास्थ्यकर्मीबीच भत्ता बजेट बाँडफाँटको विषयमा विवाद

गोरखा ।।

गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद भएको छ । ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ (ओडीओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन भएको हो ।

बैठकमा समितिका सदस्यहरुले अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनीसमेत दिएका थिए । तर सोमवार बिहान समिति र चिकित्सकबीच भएको छलफलपछि चिकित्सकले विरोधका कार्यक्रम नगर्ने भएका छन् । तर दुबै पक्षबीच विवाद कायमै छ । सहमतिका सोमबार अपरान्ह पुनः बैठक बोलाइएको छ ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले आइतबारको बैठकमा समितिका एक सदस्य र चिकित्सकबीच सामान्य विवाद भएको बताए । ‘मैले बैठकमा चिकित्सकहरुलाई पनि बोलाएको थिएँ’, उनले भने, ‘तर समितिका एक जना सदस्यले तपाईहरु कसले बोलाएर आउनुभयो भनेर अलि कडा शव्द बोल्नुभयो त्यही बिषयमा उहाँहरुबीच भनाभन भयो ।’

एक चिकित्सक एक स्वास्थ्य संस्था अन्तर्गत आएको रकम बाँडफाँडको बिषयमा भएको विवाद मिलाउन समितिले बैठक बोलाएको थियो । सोही बैठकमा समिति सदस्य र चिकित्सकबीच भनाभन भएको हो । गोरखा अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू भएको छ । यस कार्यक्रम लागू भएको अस्पतालका चिकित्सकले अन्य स्वास्थ्य संस्थामा गएर काम गर्न पाउँदैनन् ।

सम्झौता अनुसार अस्पतालको सेवा गुणस्तरको आधारमा सरकारले चिकित्सकलाई सत प्रतिशत भत्ताका लागि बजेट दिँदै आएको छ । सो शीर्षकमा यस बर्ष ५० लाख रुपैयाँ आएको थियो । सोही रकम चिकित्सक र स्वास्थ्यकर्मीबीच बाँडफाँटको विषयमा विवाद भएको हो ।

‘गत बर्षपनि ५० लाख रकम आएको थियो, हामीले थाहै नपाई मेसु (मेडिकल सुपरिटेन्डेन्ट) ले चिकित्सकहरुलाई रकम बाँड्नुभएछ, यसबर्ष स्वास्थ्यकर्मीलाई पनि केही रकम दिनुपर्छ भन्दा उहाँहरु मान्नुभएन, त्यही बिषयमा भएको विवाद मिलाउन बैठक बेलाएका थियौ,’ अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार कार्यविधिमा ‘एक चिकित्सक-नर्स-स्वास्थ्यकर्मी एक संस्था’ लेखिएकाले चिकित्सकले मात्र हो वा स्वास्थ्यकर्मीले पनि उक्त रकम पाउने हो भन्नेमा अन्यौलता भएको उनको भनाइ छ । ‘हामीले यसबारे प्रष्ट पारिदिन भनेर लिखित रुपमा मन्त्रालयसँग राय मागेका छौ,’ उनले भने ।

यता चिकित्सक र स्वास्थ्यकर्मीहरु एक आपसमा समझदारी गरेर रकम बाँडफाँड गरिसकेका छन् । चिकित्सकलाई ८५ प्रतिशत र बाँकी १५ प्रतिशत स्वास्थ्यकर्मीलाई हुने गरी रकम बाँडफाँड भएको अस्पताल स्रोतले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।