April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ?

अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० 0९:५८
अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता

काठमाडौँ / राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध रु १५ करोड बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नंको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान (रु ३४ लाख) र पाँच सय दरका दुई हजार थान (रु १० लाख) फेला पारी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।

त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रतिवादीहरु प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरी प्रतिवादी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम आएको पाइएको अधिकारीले बताए ।

विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्य प्रतिवादीहरुलाई दिन बुझाउन बाँकी रहेको रकम रु ८३ लाख ३८ हजारसमेत गरी जम्मा रु एक करोड २७ लाख ३८ हजार बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रतिवादी अरुण यादवको हकमा रु आठ करोड करोड ६५ लाख ६० हजार र प्रतिवादी पवनकुमार यादवलाई रु पाँच करोड आठ लाख ८८ हजार गरी जम्मा बिगो रु १५ करोड एक लाख ८६ हजार आठ सय बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ ।

प्रतिवादीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आएकाले सोही अनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।