sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्थ मन्त्रालयका पूर्वसचिव सुवेदीविरुद्ध मुद्दा नचलाउने निर्णय

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:२८
अर्थ मन्त्रालयका पूर्वसचिव सुवेदीविरुद्ध मुद्दा नचलाउने निर्णय
  • मधुकुमार मरासिनीलाई सघाएको भन्दै अख्तियारले शान्तराज सुवेदी माथि ‘मतियारको कसुर गरेको’ दावी
  • राष्ट्रिय भुक्तानी प्रणाली-नेशनल पेमेन्ट गेटवे अनियमितता प्रकरण
  • बकपत्र गरेमा प्रतिकूलपछि मुद्दा चलाउने चेतावनी

काठमाडौं ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भुक्तानी प्रणाली-नेशनल पेमेन्ट गेटवे  अनियमितता प्रकरणमा अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदी पनि मतियार भएको निष्कर्ष निकालेको छ ।बजेटको रातो किताबमा नपरेको योजनालाई आर्थिक वर्षको अन्त्यमा निकासा गर्न भूमिका खेल्ने आफू मातहतका मधुकुमार मरासिनीलाई सघाएको भन्दै अख्तियारले उनीमाथि ‘मतियारको कसुर गरेको’ दावी गरेको हो ।

तर सुवेदीले अनियमितताको घटनामा संलग्न मधु मरासिनीको भूमिका खुलाइदिएको र अनुसन्धानलाई सघाएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ । ‘बजेट विनियोजन गर्दा आफूसँग छलफल नभएको, बजेट निर्माणको जिम्मेवारी बजेट तथा कार्यक्रम महाशाखालाई हुने गरेको अनि दुविधा वा अलमल भएमा मात्रै सचिव वा मन्त्रीसँग सल्लाह गर्नुपर्ने अवस्था भएपछि मरासिनीले त्यसो नगरेको भनी बयान दिएका थिए ।
 

अख्तियारको निर्णयमा भनिएको छ, ‘बजेट विनियोजनका सन्दर्भमा मधुकुमार मरासिनीको भूमिका र संलग्नता स्पष्ट पारी बयान गरी, आफ्नो भएगरेको व्यहोरा सत्य खुलाई अनुसन्धानमा सहयोग गरेको हुँदा सजायको मागदावीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।’

अख्तियारले अर्थ मन्त्रालयमा रहेका कम्प्युटर अधिकृत ठेकु श्रेष्ठको हकमा पनि सचिव सुवेदीकै शैलीमा सरकारी साक्षीको रुपमा पेश गरी सजाय मागदावीमा छुट दिएको छ । पेमेन्ट गेटवेको बजेट निकासाका लागि कम्प्यूटरमा विवरण इन्ट्री गरेका उनले बयानका क्रममा तत्कालीन महाशाखा प्रमुख मरासिनीको नियन्त्रण र निर्देशनमा काम गरेको बताएका थिए । अख्तियारले दुवैजनासँग अख्तियारकै शैलीमा विशेष अदालतमा बकपत्र गर्न सहयोग मागेको छ । उसले  बकपत्र गरेमा प्रतिकूलपछि मुद्दा चलाउने चेतावनी समेत दिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid