April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बिहानी समयमा ११ र १२ का कक्षा सञ्चालन गर्न रोक

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १७:१८
बिहानी समयमा ११ र १२ का कक्षा सञ्चालन गर्न रोक
  • ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक
  • दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने
  • दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने

चितवन ।।

चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ । नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले एक सूचना जारी गर्दै कक्षा ११ मा बिहानी सत्रमा भर्ना नलिन र पठनपाठनसमेत नगर्न भनेका छन् ।

नगर क्षेत्र भित्रका कुनै पनि विद्यालयलाई कक्षा ११ बिहानमा सञ्चालन गर्न अनुमतिसमेत नदिइएको सूचनामा उल्लेख छ । नगरपालिकाले विद्यालय सञ्चालन भएको दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने उल्लेख गरेको छ ।

बिहानी कक्षा सञ्चालन गर्ने विद्यालयले अनिवार्य रुपमा ६ घण्टा कक्षा सञ्चालन गर्नुपर्नेमा नगराएको पाइएकोले बिहानी कार्यक्रम हटाइएको नगर प्रमुख प्रलाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘विद्यालयले ६ घण्टा पढाउनुपर्ने पढाएनन्, गुणस्तर पनि कायम भएन, दोहोरो तलब खाने प्रवृत्ति पनि देखियो ।’ उनले दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।