May 21, 2025 | बुधबार, जेष्ठ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालगञ्जमा आज पनि कर्फ्यु, केहीबेरमा सर्वपक्षीय बैठक बस्दै

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० ११:१५
नेपालगञ्जमा आज पनि कर्फ्यु, केहीबेरमा सर्वपक्षीय बैठक बस्दै

नेपालगञ्ज नगर क्षेत्रमा आज पनि कर्फ्युलाई निरन्तरता

नेपालगञ्ज /

स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा आज पनि कर्फ्युलाई निरन्तरता दिएको छ । मंगलबार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए । दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलबार दिउँसोदेखि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । केहीबेरमा बस्ने सर्वदलिय तथा सर्वपक्षीय बैठकपछि मात्रै कर्फ्यू हटाउने कि नहटाउने भन्ने विषयमा ठोस निर्णय हुने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । ‘बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको छ,’ उनले भने ।

दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि नेपालगञ्ज नगर क्षेत्रमा मंगलबार साँझदेखि सेनासमेत परिचालन गरिएको छ ।दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । झडपमा परेर केही घाइते भएका छन् । अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको सीडीओ आचार्यले बताए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट