sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारको खुट्टा तान्ने होइन सबै मिलेर सहयोग गर्नुपर्छ : माधव नेपाल

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० ११:५७
सरकारको खुट्टा तान्ने होइन सबै मिलेर सहयोग गर्नुपर्छ : माधव नेपाल
  • दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त भएको छैन 
  • राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्यो 
  • त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ
  • उहाँलाई दबाब दिंदै उत्प्रेरित पनि गर्नुपर्छ 

 काठमाडौं ।।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका छन् । अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनको धारणा छ । जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ ।’

सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए । अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने बताउँदै उनले भने, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन ।’ एकीकृत समाजवादी मात्र नभइ नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा जी उहाँहरु यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यही सरकारलाई अघि बढाउने पक्षमा छौं,’ नेता नेपालले भने, ‘हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं । यो सरकारको खुट्टा तान्न चाहँदैनौं । यो सरकारलाई हामी असहयोग गर्न चाहँदैनौं ।’

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid