March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
केही समयमै कांग्रेस सरकारमा फर्किन्छ : महामन्त्री गगनकुमार थापा लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्छ : सांसद विष्णुकुमारी सापकोटा नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन दर्जनौं कानुन फास्ट ट्रयाकबाट संशोधन गर्दै सरकार कांग्रेस सांसद गुरुङको निलम्बन सर्वोच्चद्वारा फुकुवा कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री प्रचण्ड सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी अब सेवाको टोकन जारी भएकै लिन श्रम स्वीकृति दिइने , तिन सिफ्टमा सेवा सुचारु मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई पधेरीमा नुहाउन जादा हत्या भएकी युवतीको हत्या आरोपीत सार्वजनिक निर्माण व्यवसायीले सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई

गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:१0
गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।

स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् । स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई-दुई वटा वडा जितेका थिए ।

यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । कांग्रेस दोस्रो भएको थियो । तर भानु र आँबुकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ ।

भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट