sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने’:-मौसमविद

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:३८
‘बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने’:-मौसमविद

काठमाडौं । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।

‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद लामिछानेले भन्नुभयाे, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’ भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ ।

पाल्पाको अर्चले र कुमालगाउँ, दाङको बेलझुण्डी र मनिकापुर, ललितपुरको लेले, नवलपुरको गैंडाकोट र चितवनमा पनि धेरै भारी वर्षा रेकर्ड भएको छ । धान काट्ने र भित्राउने बेला भएको वर्षाले किसानहरु प्रभावित भएका थिए । नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टुबर २ तारिख भए पनि अहिलेको प्रणालीको प्रभावले बहिर्गमनमा ढिलाइ भएको छ । तर केही दिनभित्रै वर्षा गराउने अहिलेको प्रणाली नेपालबाट बाहिरिने र त्यसपछि हिउँद सुरु हुने मौसमविदले बताएका छन् । यस वर्षको मनुसन नेपालमा सरदर मितिभन्दा एक दिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो ।

पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमी नेपालबाट पूर्वतर्फ सर्दै बाहिरिन्छ । पश्चिम नेपालमा यस वर्षको मनसुन बहिर्गमनको संकेत देखिइसकेको मौसमविद लामिछानेको भनाइ छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिएपछि र पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन बहिर्गमनको घोषणा गरिन्छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid