November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एसियाली खेलकुद:-श्रीलंकालाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:३९
एसियाली खेलकुद:-श्रीलंकालाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८।३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेले ।

दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे । उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो । थप चार रन जोड्दा अफगानिस्तान अलआउट भयो ।

जवाफमा मैदान उत्रिएको श्रीलंकाले १९।१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान तीन र तीन विकेट लिएका थिए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्