May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

को हुन् सुवास नेम्वाङ ?

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:४३
को हुन् सुवास नेम्वाङ ?

काठमाडौं । दुवै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । ७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि ०६३ सालमा अन्तरिम संसद्को सभामुख भएका नेम्वाङ ०६४ सालमा भएको पहिलो संविधानसभाको अध्यक्ष भएका थिए । संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभामा नेम्वाङले दोहोरो जिम्मेवारी निर्वाह गरेका थिए । सँधै ‘सहमति, सहकार्य र एकताको विकल्प छैन’ भन्दै दलहरूलाई सहमतिका लागि दबाब दिइरहने नेम्वाङ पहिलो संविधानसभा विघटन भएपछि पुनः दोस्रो संविधानसभामा समेत अध्यक्ष बनेका थिए ।

सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन र संविधानको जानकार पनि भएका कारण नेम्वाङले दोस्रो संविधानसभामा पनि अध्यक्षको जिम्मेवारी पाएका थिए । उनको समन्वकारी व्यक्तित्व र सुशील कोइरालाजस्ता अडान लिने प्रधानमन्त्री भएकै कारण विविध अवरोध र हस्तक्षेपबीच ०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी गर्न सम्भव भएको थियो ।

संविधान जारी भएपछि नेम्वाङले संविधानका सवल पक्षमा प्रशिक्षणसमेत दिने गरेका थिए ।

विसं. २००९ साल फागुन २८ मा इलाममा जन्मिएका नेम्वाङ कानुका स्नातक हुन् । केही समय कानुन व्याविायीको रूपमा काम गरेका उनले नेपाल ल क्याम्पसमा प्राध्यापनसमेत गरेका थिए ।

२०४८ सालमा राष्ट्रियसभा सदस्य भएर संसदीय अभ्यासमा प्रवेश गरेका नेम्वाङ २०५२ सालमा पुनः राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । दुईपटक राष्ट्रियसभाको सदस्य भएका थिए ।

०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेम्वाङ त्यसयताका कुनै पनि निर्वाचनमा पराजित भएका थिएनन् । इलाम–२ बाट निर्वाचित भएर ०६४ र ०७० सालको संविधानसभामा अध्यक्षता गरेका नेम्वाङ संविधान जारी भएपछि जिम्मेवारीबाट हटेका थिए ।

एमाले राजनीतिबाट करिब ९ वर्ष टाढा देखिएका नेम्वाङ संविधानसभा अध्यक्षबाट राजीनामा दिएसँगै एमाले राजनीतिमा फर्किएका थिए ।

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालेका नेम्वाङले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएरसमेत भूमिका निर्वाह गरेका थिए ।

०७४ र ०७९ को निर्वाचनमा निर्वाचित भएपछि नेम्वाङले एमाले संसदीय दलको उपनेताको जिम्मेवारी पाएका थिए । ०७९ सालमा निर्वाचित भएर आएका नेम्वाङलाई एमालेले राष्ट्रको उमेदवार बनाएको थियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।

पार्टी राजनीति
विद्यार्थी कालदेखि नै राजनीतिमा लागेका नेम्वाङ ०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बनेका थिए । ०३३ सालपछि नेकपा मालेमा संगठित भएका नेम्वाङ ०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकतापछि बनेको नेकपा (एमाले)मा नेम्वाङ सक्रिय भएका थिए ।

०५४ को छैटौं महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटी सदस्य भएका उनी ०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । ०७८ सालमा चितवनमा भएको दशौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचितल भएका नेम्वाङ पछिल्लो समय राजनीतिप्रति नागरिकको असन्तुष्टिप्रति चिन्तित् देखिन्थे ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।