April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

जाँचबुझ आयोगले सुन तस्करीको छानबिन शुरु गर्‍याे

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:३८
जाँचबुझ आयोगले सुन तस्करीको छानबिन शुरु गर्‍याे

काठमाण्डाै – सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ । आज बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै असोज १६ गतेदेखि औपचारिक रूपमा काम शुरु गरेको जानकारी दिइएकाे हाे ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले काम शुरु गरेको बताउनुभयो । उहाँले कार्यादेशअनुसारको काम सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सुन तस्करीसम्बन्धी अहिलेसम्म भएको अध्ययन र विचाराधीन मुद्दा तथा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले अनुसन्धान गरिरहेकाे विषयमा पनि कहीँ कमजोरी भए खोज भन्ने कार्यादेश रहेको उहाँकाे भनाइ छ ।

अध्यक्ष आचार्यले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको बताउनुभयो । अदालतलाई भएसरहको अधिकार आयोगले पाउने उहाँले बताउनुभयो ।

आयोगले विद्युतीय चुराेट (भेप) र साउन २ गते माेटरसाइकलकाे ‘ब्रेक शु’ बाट भएकाे सुन तस्करी लगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी पनि दिएको छ । त्यसैगरी सुन तस्करीको पूर्ण नियन्त्रण गर्न विद्यामान कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने बताइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।